केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाख्रो मरेर लाखौंलाई रुवायो

सहयात्रा टिभी

दुनियाँमा मान्छेको मरण त मुसासरी भइरहेको छ । एउटा बाख्रो मर्दा दुःखमनाउ गर्ने फूर्सद कसलाई होेला ? तर सधै त्यस्तो कहाँ हुँदोरहेछ र ! एउटा बाख्रो मर्दाखेरी दुनियाँका लाखौं मान्छेलाई रुवाएको छ अहिले ।

हो, अष्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौं फलोअर्सले दुःख मानेका छन् । गेरी कुनै मामुली बाख्रो थिएन, सोसल मिडिया स्टार नै थियो ।

ट्युमरका कारण मरेका गेरीका सोसल मिडियामा १७ लाख फलोअर्स थिए । गेरी मरेको खबर उसका मालिक जेम्स डिजारनल्डसले सोसल मिडियामार्फत नै दिए । गेरी सन् २०१३ मा तब चर्चामा आएको थियो जब उसले सिड्नी म्युजियम बाहिर फूलेको फूल खाइदियो र ऊमाथि झण्डै ४५ हजार रुपैयाँ बराबरको जरिवाना लगाइयो । तर अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो ।

गेरी सोसल मिडियामा यति प्रिय थियो की उसका कैयन् फ्यानहरुले आफ्नो जिउमा उसको आकृतिको टाटु बनाएका छन् । गेरी मृत्युपछि जब खबर सोसल मिडियामा आयो तब ३० हजार मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे । उसका १७ लाख फलोअर्स उसको मृत्युबाट आहत छन् । एजेन्सी

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्