केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलिया उम्मेद्वारको पहिलो परीक्षा

सहयात्रा टिभी

पाँचथर । पाँचथरमा चुनावी सरगर्मी बढेसँगै जिल्लाका दुई बलिया उम्मेद्वारबीचको परीक्षाको घडी पनि नजिक हुँदै गएको छ । पाँचथरमा वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ छन् भने लोकतान्त्रिक गठवन्धनबाट कांग्रेस नेता भीष्मराज आङदेम्वे चौथो पटक चुनावी मैदानमा उत्रिएका छन् ।

एउटै मैदानमा प्रतिष्पर्धा भएको नभएका यी दुई बलिया उम्मेद्वारको जनमत अहिले पाँचथरबासीले नियालीरहेका छन् । उनीहरु यो दुबैकालागि अग्नीपरीक्षा जस्तै भइरहेको प्रतिक्रिया दिइरहेका छन् । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईचोटी चुनाव जितेका थिए । त्यसैगरी कांग्रेस नेता आङ्देम्वेले चार पटक चुनाव लड्दा एकचोटी जिते । अहिले एउटै चुनाव क्षेत्र भएपछि उनीहरु एउटै मैदानमा चुनाव लड्दैछन् । ०४८ साल र ०५६ का दुबै चुनावमा नेपाली कांग्रेसका दीपकप्रकाश वास्कोटालाई पराजित गर्न सफल भएका एमाले नेता नेम्वाङ ०५१ सालमा भने बास्कोटाबाटै पराजित भएका थिए ।

कांग्रेस नेता आङ्देम्बेले ०७० मा एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजित गर्न सफल भए । त्यसअघि ०५६ र ०६४ मा भने सम्बाहाम्फेबाटै आङ्देम्बे दुई पटक पराजित भएका थिए । यसरी विजय र पराजयको इतिहास बोकेका दुवै उम्मेद्वारको चुनावी लडाई यस पटक पाँचथरमा रोचक बनेको छ । आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा प्रतिष्पर्धी दलका उम्मेद्वारहरु मत माग्न व्यस्त छन् ।

एमालेका वसन्तकुमार नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताएका छन् । सडक, विद्युत, पुल, खानेपानी, सिंचार्इं, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उनले बिकासे एजेण्डा बनाएका छन । लोकतान्त्रिक गठबन्धनका कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे जनताको सेवामा नेतृत्व गर्न लागेको बताएका छन् ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्