केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनालग टिभी बन्द नगर्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाण्डौं । टेलिभिजन सेवालाई डिजिटल प्रविधिमा लैजाने भन्दै एनालग टेलिभिजन बन्द गराउने क्रममा रहेको सरकारलाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न सवोच्च अदालतले पअन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । छलफलका लागि दुई पक्षलाई १५ गतेका लागि बोलाउने आदेश समेत गरेको छ । सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाए एनालग टिभी सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध आइतबार राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा रिट निवेदन दायर गरिएको थियो ।

सरकारको सो निर्णयले जनताको सूचनाको हकको हनन् भएको उल्लेख गर्दै संविधान विपरीत उक्त निर्णय खारेज गर्न आदेशको माग निवेदनमा गरिएको थियो । डिजिटल प्रणालीको बहानामा विदेशी सेटअप बक्स किन्न लगाएको उल्लेख गर्दै सरकारले यसबाट मोटो रकम कमिसन खाने नियत रहेको रिट निवेदनमा दाबी गरिएको छ । रिट निवेदनमा सरकारी निर्णयले नेपालको संविधानको धारा १९ को उपधारा (१), (२) र (३) तथा धारा २७ को प्रावधानको उल्लंघन भएको जनाइएको छ । धारा १९ मा प्रकाशन तथा प्रसारण संस्था बन्द नगर्ने तथा धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ ।

 

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्