महिलाको विभत्स शव भेटियो

सहयात्रा टिभी

सप्तरी । सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स शव फेला परेको छ ।
हनुमाननगर–कंकालनी नगरपालिका–५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको विभत्स शव फेला परेको प्रहरीले जनाएको छ । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको छ । टाउको र शरीर गलिसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शव कसको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्