केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुबाको किरिया बसिरहेका विप्लवका जिल्ला इन्चार्ज पक्राउ

सहयात्रा टिभी

बैतडी । बुबाको किरिया कर्ममा बसिरहेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीा बैतडीका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

बुबाको निधनको ११ दिनको काममा बसेका बासुदेव जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएको परिवारले बताए ा छन् । उनीहरुले बुबाको किरिया कर्मबाटै बासुदेवलाई बञ्चित गराइएको भन्दै आपति आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।

केही जिल्लामा बिप्लब समूहले चुनाव विरोधी गतिविधि गरेर नागरिकमा त्रास फैलाएकाले बैतडीमा पनि यस्तो हुन सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताएका छन् ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्