केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाविनाशकारी भूकम्पको कथा पर्दामा

सहयात्रा टिभी

काठमाण्डौं । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा फिल्मको पर्दामा हेर्न पाइने भएको छ ।
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको फिल्म ‘माइ लभ’ मा उक्त घटनालाई समेटिएको छ । ‘माइ लभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ । फिल्ममा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ ।

यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ । ‘माइ लभ’ फिल्मले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिन खोजेको छ ।

फिल्ममा धरहरा ढल्दै गरेको दृष्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहस नहस पारेको काठमाडौंलाई रियल रुपमा प्रस्तुत गरिएको छ । ‘फिल्म क्रियसन नेपाल’ को ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र ‘माइ लभ’ मा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छाँयाकन निर्देशन, नारायण जिसीको छाँयाकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्