केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारका अवैध नेपालीले नेपालबाटै वैध बन्न पाउने

सहयात्रा टिभी

कतारमा अवैध रुपमा बसे नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पूरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ ।

पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स र ट्युनिसियाका नागरिकले समेत पाउने भएका छन् ।

सिंगापुरको एक निजी कम्पनीबीच यस्तो प्रक्रियाका लागि सम्झौता भएको कतार न्युज एजेन्सीले जनाएको छ । सिंगापुरको सो कम्पनीले यी देशबाट अवैध रुपमा कतार बसेकाहरुलाई यो प्रक्रिया पूरा गर्न सघाउने जनाइएको छ । सम्झौताअनुसार अवैध रुपमा कतारमा बसेकाहरुले आफ्नै देशमा मेडिकल चेकअप, बायोमेट्रिक रिपोर्ट र फिंगरप्रिन्टका काम पूरा गर्नेदेखि रोजगार सम्झौता समेत गर्न पाउने भएका हुन् ।

सन् २०२० मा फिफा वल्र्डकप आयोजकको रुपमा रहेको कतारले यसअघि पनि अक्टुवरमा बैदेशीक कामदारहरुलाई सहयोग पुग्ने विद्येयक पारित गरेको थियो । कतारमा २ करोडभन्दा बढी बैदेशिक कामदार रहेको मानिन्छ । गत वर्ष पनि कतारले वैदेशिक कामदारहरुले सहजै जागिर परिवर्तन गर्न सक्नेदेखि घर फिर्ता जान सक्ने प्रावधानसहितको श्रम कानुन ल्याएको थियो ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्