केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बम राखिएको हल्लापछि सर्वोच्चको काम प्रभावित

सहयात्रा टिभी

काठमाण्डौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलासका कामहरु रोकिएका छन् ।

अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको जनाइएको छ । अहिले तालिमप्राप्त कुकुरको सहयोगमा वम खोज्ने काम भइरहेको छ । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ ।

सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ । अहिले सुरक्षाकर्मीले खानतलासी शुरु गरेका छन् ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्