केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय खेलकुद अर्को वर्षको मंसिरमा

सहयात्रा टिभी

नेपालगञ्ज । अर्को वर्षको मंसिर दोस्रो सातादेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अर्को वर्ष मंसिर दोस्रो साता आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नकालागि योजना बनिरहेको बताएका छन् ।

आगामी वर्ष नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आएका सदस्य सचिव विष्टले ठ्याक्कै मिति नै तोकेर भन्न नसकिए पनि मंसिरको दोस्रो सातातिर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । ‘हामीलाई अहिले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै

खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं’–विष्टले भने ।
सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि ३५ करोड गरी अनुमानित एक अर्ब ५९ करोड खर्च हुने आंकलन गरिएको बताए । कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँकेको नेपालगञ्जमा, १० खेल बर्दियामा र ५ खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्