केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चमा बम राखिएको कुरा हल्ला मात्र

सहयात्रा टिभी

काठमाण्डौं । अज्ञात व्यक्तिले फोन गरी सर्वोच्च अदालतमा बम राखिएको बताए पनि उनको भनाई निराधार पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो ।

तत्कालै नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च अदालत पुगि सुरक्षाकर्मीले खानतलासी गरे पनि केहि फेला परेन । सुरक्षाकर्मीले खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले जानकारी दिएका छन् । उनले फोन गरेर आतंक सिर्जना गर्न खोज्ने व्यक्तिको खोजी शुरु गरिएको बताए ।

यसअघि अदालतका सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो भने मंगलबारका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराइएको थियो ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्