केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भैँसीले जन्मायो २ टाउको र ८ खुट्टा भएको पाडी

सहयात्रा टिभी

जनकपुर । तपाईहामीलाई भैँसीले एउटा टाउको र चार खुट्टा भएको पाडापाडी जन्माएको थाहै छ । तर भैंसीले २ टाउका र ८ खुट्टा भएको पाडी पायो भन्दा अचम्म लाग्न सक्छ । हो यस्तै घटना भएको छ धनुषामा । धुनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ । धनुषाको नगराईन नगरपालिका(१ फुलगामा खड्का टोलका सिंहेश्वर यादवको भैँसीले मंगलबार बिहान ८ बजे यस्तो पाडी जन्माएको हो ।

पाडीको दुई वटा टाउको र आठ वटा खुट्टा भए पनि जिउ भने एउटै छ । भैँसीले २ वटा जोडिएको टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएपछि हेर्नेको घुँईचो लागेको स्थानीय आशाराम यादवले जानकारी दिए । पाडी जन्मेको आधा घण्टापछि नै मरिसकेको छ ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्