केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शहरी विकासका लागि एडीबीको एक सय ५० मिलियन डलर सहयोग

सहयात्रा टिभी

काठमाण्डौं । शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई एक सय ५० मिलियन डलर आर्थिक सहायता गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय भएको छ । बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्