केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूर पूर्वको चुनावी नारा–तमोर करिडोर

सहयात्रा टिभी

ताप्लेजुङ । देशभर दलका नेताहरुले विकासका विभिन्न काम गर्ने भन्दै घोषणा–पत्र तयार गरेका छन् । उनीहरुले आफ्नो निर्वाचन क्षेत्र र सिङ्गो देशको विकासका लागि भन्दै विभिन्न योजना मतदाता अगाडि देखाएका छन् ।

अहिले सुदूर पूर्वको ताप्लेजुङ्गमा पनि तमोर करिडोरको नारा दलहरुले चर्को रुपमा उठाएका छन् । उत्तरी छिमेकी मुलुक चीनको सीमा टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेद्वारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् ।

पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेद्वारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका हुन् । चीन, नेपाल र भारतलाई जोड्ने प्रदेश नं १ को मुख्य रणनीतिक योजनामा सरकारले अगाडि बढाएको यस राजमार्गको निर्माण कार्यलाई तदारूपताका साथ अगाडि बढाउने भन्दै दलका नेता जनताको घरदैलामा व्यस्त छन् ।

सांसद विकास कोष तथा साविकको ओलाङ्चुङगोला गाविसको अनुदान र स्थानीयको सहयोगले टिपताला हँुदै ओलाङचुङगोलासम्मको २१ किलोमिटर ट्रयाक यसअघि नै खोलिएको छ । करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि माझीटार छेउसम्मको ७५ किलोमिटरमध्ये करीब ५० किलोमिटर सडकमा अहिले नियमित सवारीसाधन चल्न थालेका छन् । माझीटारदेखि ताप्लेजुङको दोभानसम्म करीब ३५ किलोमिटरमध्ये आठ किलोमिटर ट्रयाक खुल्न बाँकी छ । तमोर दोभानदेखि ओलाङचुङगोलासम्मको विभिन्न खण्डमा गरी ४० किलोमिटर सडकको ट्रयाक खोल्नुका साथै स्तरोन्नति गर्ने दलका उम्मेद्वारको घोषणापत्रमा उल्लेख छ । तमोर करिडोरले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह«थुम र धनकुटालाई छोटो दूरीमा तराईसँग जोड्छ । तमोर करिडोर सञ्चालनमा आउनासाथ जिल्ला व्यापारिक केन्द्र बन्ने उम्मेद्वारको दाबी छ ।

 

प्रकाशित : 22 November, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्