केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२० जनाले मात्र बुझाए घरेलु हतियार

सहयात्रा टिभी

पाँचथर । निर्वाचन सुरक्षाका लागि स्थानीय प्रशासनले घरेलु हतियार बुझाउन आग्रह गरे पनि पाँचथर साह«ै कम हतियार स्थानीय प्रशासनमा बुझाइएको छ ।

जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई आफूसँग भएको हतियार बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भए लगत्तै सार्वजनिक सूचना गर्दै हतियार बुझाउन भनेपछि २० जनाको मात्र हतियार संकलन भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार राख्ने इजाजत पाएका छन् । पछिल्लो पटक सार्वजनिक सूचना गरिएपछि २० जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइमा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

इजाजत लिएर विभिन्न व्यक्तिले राखेका ६३ मध्ये २० वटा हालै प्रहरीमा संकलन भएका, दुई वटा ०५२–६२ को द्वन्द्वताका तत्कालीन विद्रोही माओवादीले कब्जा गरेका र तीन वटा द्वन्द्वकालमै प्रहरीमा बुझाइए बाहेकका ३७ वटा हतियार कहाँ र कोसँग छन् भन्ने पहिचान हुन नसकेको प्रनाउ गौतमको भनाइ छ । पहिचान हुन नसकेका ३७ मध्ये पनि १३ जना इजाजत प्राप्त व्यक्ति जिल्लाबाट बसाईं सराई गरेर अन्यत्र गएको तथ्याङ्क छ । यस्तै दुई जनाको मृत्यु भइसकेको छ । प्रनाउ गौतमका अनुसार मृत्यु भएकाका आफन्तले ती हतियार आफूहरूसँग नरहेको प्रतिक्रिया दिने गरेको र २३ जना इजाजतप्राप्त व्यक्ति भने हालसम्म सम्पर्कमा छैनन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा जिल्लाको विभिन्न गाविसमा घर भई यसअघि मन्त्री, सांसद सुरक्षा निकायको उच्च ओहदामा रहेका व्यक्तिले हतियारको इजाजत लिएको पाइएको छ । जसमध्ये पूर्वमन्त्री पद्यमसुन्दर लावती र पूर्व जिविस सभापति अइन्द्रविक्रम थाम्सुहाङको मृत्यु भइसकेको छ । उनीहरू दुवै जनाले इजाजत लिएर हतियार राखेका भए पनि मृत्यु पर्यन्त आफन्तले आफूसँग ती हतियार नभएको प्रतिक्रिया दिंदै आएका छन् ।

प्रकाशित : 22 November, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्