केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेताको आदेशमा एकैचोटी ९१७ ले आत्महत्या !

सहयात्रा टिभी

हामीकहाँ नेताले भनेको जनताले कत्तिको मान्छन् ? नेताले मर भन्दा जनता मर्न तयार हुन्छन् ? समय–समयमा हुने आन्दोलनमा नेताकै पछि लागेर जनता शहीद हुने गरेकै छन् । तर अमेरिकामा चाहीं एक जना नेताको आदेश मानेर एकैचोटी ९ सय १७ जना अनुयायीहरुले विष पिएर आत्महत्या गरेको इतिहास छ ।

अमेरिकी इतिहासमा जिम जोन्स नामका एक व्यक्तिसँग जोडिएको घटनाले दुनियाँलाई नै हल्लाई दिएको थियो । गुएनाको जोन्सटाउनमा भएको उक्त घटना निकै चर्चित भएको थियो । कम्युनिष्ट नेता रहेका जिम जोन्स आफूलाई मानिसहरुको मुक्तिदाता इश्वर ठान्थे । सन् १९५६ मा उनले पिपुल्स टेम्पल नामक एक चर्च बनाए जसको उद्देश्य घरबारविहीन मानिसहरुलाई आश्रय दिए । विस्तारै जिमका अनुयायीहरु बढ्न थाले । मानिसहरुको उनको विचारधारा मन पराउन थाले । त्यसपछि उनले आफ्नो चर्च इण्डियानाबाट क्यालिफोर्नियाको रेडबुल भ्यालीमा सारे । अमेरिकी सरकारको विरोधी विचारधारा बोक्ने हुनाले उनले राजधानी भन्दा टाढा दक्षिणी अमेरिकाको गुएनामा आफ्ना समर्थक अनुयायीहरुसँग बस्ने फैसला गरे ।

चर्च बनाएर अड्डा जमाई बसे जिम । उनीसँग ठूलो संख्यामा अनुयायीहरु पनि सँगै बस्थे । उनीहरु दिनभर काम गर्थे भने रातमा जिमको प्रवचन सुन्थे । उनका प्रवचन निकै उत्तेजक हुन्थे । जिमले जनता भड्काएको र तिखो भाषणका कारण आसपासका मानिसहरुलाई असर पुगेको उजुरी परेपछि अमेरिकी सरकारले उनको चर्चमा हस्तक्षेप गर्न थाल्यो । पुलिसले चर्चभित्र रहेका सबै मानिसहरुलाई बाहिर निस्किएर चर्च खाली गर्न भन्यो । तर जिमले पुलिसको निर्देशन अवज्ञा गर्दै आत्मसमर्पणको साटो आत्महत्या गर्ने निधो गरे । उनले आफ्ना अनुयायीहरुलाई पनि चर्चभित्रै आत्महत्या गर्न अपिल गरे । उनीसँगै उनका ९ सय १७ जना अनुयायीहरुले विष पिएर आत्महत्या गरे ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्