केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लाइसेन्स वितरण स्थगित

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले सवारी चालकका लागि नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य स्थगित गरेको छ । सरकारले चुनावको कारण अनिश्चितकालका लागि लाइसेन्स वितरण स्थगित गरिएको जनाएको छ ।

यातायात व्यवस्था विभागले आसन्न प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला–जिल्लामा खटिएपछि जनशक्ति अभावमा लाइसेन्स वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले बताए ।

उनले भने–‘ट्राफिक प्रहरी विना लाइसेन्सको ट्रायल हुँदैन । उहाँहरु चुनावका लागि जिल्लामा खटिनु भएपछि लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गर्नुपरेको हो ।’ अहिले काठमाण्डौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएको छ । लाइसेन्सको नवीकरण भने खुल्ला नै छ । कार्यालयहरुले चुनाव सकिए लगत्तै फेरि सेवा चालु गर्ने बताए चुनाव लगत्तै देश प्रदेशको संरचनामा जाने भएकाले लाइसेन्सको वितरणमा केही अन्योल भने छ । संविधानमा लाइसेन्स वितरण स्थानीय तहबाट नै हुने उल्लेख छ ।

प्रकाशित : 22 November, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्