केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिलो चरणको चुनावी प्रचारको आज अन्तिम दिन, राति १२ बजेबाट मौन अवधि सुरु

सहयात्रा टिभी

काठमाडौं । संघ र प्रदेशसभाको पहिलो चरणमा चुनावमा नेता, कार्यकर्ता तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्नका लागि प्रचारप्रसार औपचारिक रूपमा बिहीबार अन्तिम दिन हुनेछ । पहिलो चरणमा ३२ जिल्लामा हुने चुनावमा दल तथा उम्मेदवारले चुनावी प्रचारको अन्तिम कसरतको आज अन्तिम दिन हो । आज सांझ सम्म मात्रै उनिहरुले चुनावी प्रचार गर्न पाउनेछन् ।

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन्। निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ भने मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ ।

त्यस्तै, ‘पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चारमाध्यमबाट पनि यो अवधिमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन र प्रसारण पाईने छैन । त्यस्तै, मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पनि पाईने छैन ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्