बाबुले नै गरे ६ महिने छोराको हत्या

सहयात्रा टिभी

 

जुम्ला । आफ्नो सन्तान सबैलाई प्यारो हुन्छ । बाबु–आमाले आफूले नखाएर भए पनि आफ्ना छोराछोरीको संरक्षण गरिरहेका हुन्छन् ।
तर, जुम्लाका एक निर्दयी बाबुले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् ।

जुम्ला पातारासी गाउँपालिका–६ का एक व्यक्तिले ६ महिने छोराको हत्या गरेर बाबुको नाममा कलङ्क पोतेका छन् । २० वर्षीय क्षेत्रबहादुर बुढाले गत छोराको टाउकोमा ढुङ्गाले किचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुँडामणि पुनले जानकारी दिएका छन् ।

एक वर्षअघि कतारबाट फर्किएका उनले लेखेको नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख गरेको प्रनि पुनले जानकारी दिए । हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानको मुद्दामा कार्बाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्