केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चार वर्षीय बालकबाट बलात्कार !

सहयात्रा टिभी

भारत । दैनिक बलात्कारका घटनाहरु सञ्चार माध्यममा आइरहेका हुन्छन् । विश्वमै बलात्कारका अनेक घटना प्रकाशमा आउने गर्दछन् तर भारतमा हालै चार वर्षीय बालकले बलात्कार गरेको अनौठो घटना सार्वजनिक भएको छ ।

दिल्लीको द्वारिका क्षेत्रमा एउटा प्रतिष्ठित विद्यालयमा अध्ययनरत चार वर्षीय बालकले आफ्नै सहपाठीलाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो । प्रहरीले पीडित बालिकाको अभिभावकको उजुरी दर्ता गरेको छ । प्रहरीका अनुसार ४ वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने ४ वर्षीय बालकले बलात्कार गरेको उजुरी दायर भएको छ । १० नोभेम्बरमा स्कुलबाट घर फर्किएपछि ती बालिकाले आफ्नी आमालाई गुप्ताङ्गमा पीडा भएको बताएकी थिइन् । आमाले विस्तृत सोधखोज गरेपछि ती बालिकाले घटना विवरण सुनाएको बताइन्छ ।

लगत्तै परिवारजनले बालिकालाई नजिकैको चिकित्सक समक्ष लगेका थिए । चिकित्सकले सामान्य उपचार गरेपछि बालिकालाई निजी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराइएको परिवारजनको भनाइ छ । चिकित्सकले बालिकाको गुप्ताङ्ग असामान्य रहेको पुष्टि गरेको बताइन्छ । पीडित बालिका र आरोपी बालकको परिचय भने खुलाइएको छैन ।
भारतको कानुन अनुसार प्रहरीले ७ वर्षभन्दा कम उमेरका बालबालिकालाई कार्वाही गर्न मिल्दैन । उक्त उमेर समूहका बालबालिकाको दिमाग अपराध गर्ने हदसम्म विकसित नभई सक्ने ठहर गर्दै कानुनमा यस्तो व्यवस्था गरिएको हो । (एजेन्सी)

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्