केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्व जनमुक्ति सेनाको घरबाट ठूलो मात्रामा हातहतियार बरामद

सहयात्रा टिभी

मकवानपुर । प्रहरीले मकवानपुरका एक पूर्व जनमुक्ति सेनाको घरबाट ठूलो मात्रामा हातहतियार र विष्फोटक पदार्थ बरामद गरेको छ ।
प्रहरीले मनहरी गाउँपालिका–२ सिद्धकालीका पूर्व जनमुक्त सेना ईमानबहादुर थिङको घरबाट हातहतियार र विष्फोटक पदार्थ फेला परेको जनाएको छ ।

हाल फरार रहेका थिङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले जानकारी दिएका छन् । थिङको घरमा मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले खानतलासी गरी हातहतियार तथा विष्फोटक पदार्थ फेला परेको थियो ।

थिङको घरबाट कटुवा बन्दुक १ थान, कटुवा बन्दुकमा लाग्ने १२ बोरको गोली ३ राउण्ड, ३७ नम्बर डेटोनेटर ३ थान, २७ नम्बर डेटोनेटर २ थान, बिजुलीको तार २ सय मिटर, सकेट पाइप १ थान, सर्किट ब्याट्री २ थान, जिलेटिन पहेँलो रङको १०० ग्राम, डेटकट तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३०० ग्राम फेला परेको जनाएको छ ।

त्यस्तै कालो रङको बारुद १५० ग्राम, एसएलआर राइफलको म्याग्जिन १ थान, इन्सास राईफलको म्याग्जिन १ थान, राइफलको तेल २०० मि.लि., नेपाली सेना पाइन्ट १ थान र सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान, जनमुक्ति सेनाको कमब्याड टोपी २ थान र ‘हाम्रो संश्लेषण’ र ‘साम्यवादका विशेषताहरु’ लेखिएको किताब १–१ थान फेला परेको प्रहरीले जनाएको छ । फरार रहेका थिङको खोजी भइरहेको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्