केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावका दिन सार्वजनिक विदा, कुन जिल्लामा कति गते विदा ?

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले आसन्न चुनावका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले मंसिर १० र २१ गते चुनाव हुने जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

मंसिर १० गते ३२ जिल्लामा र २१ गते ४५ जिल्लामा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा १० गते आइतबार बिदा हुनेछ ।

यी जिल्लाका शिक्षण संस्थामा भने बिहीबारदेखि नै सार्वजनिक बिदा दिइएको छ । यस्तै दोस्रो चरणको चुनाव हुने जिल्लामा २१ गते सार्वजनिक बिदा हुनेछ । शिक्षण संस्थामा भने १८ गतेदेखि नै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्