केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिडिओको सरुवामा आयोगले दिएन सहमति

सहयात्रा टिभी

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनको मुखैमा सरुवा गरिएका तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने भएको छ ।

गृह मन्त्रालयले राप. द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो । तर, आयोगले सरुवामा सहमति नदिने निर्णय गरेको छ । साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले काज सरुवा गरेका ६ कर्मचारीमध्ये तीन जना कर्मचारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् ।
आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भदौ १४ गतेबाटै निर्वाचन आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएको अवधिमा निर्वाचन आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने उल्लेख छ । निर्वाचनको मुखैमा गरिएको कर्मचारी सरुवालाई सर्वसाधरण नागरिकले समेत आंशकाको घेराबाट हेरिरहेका थिए ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्