पाँचथरमा फेरि बम आतंक !

सहयात्रा टिभी

पाँचथर । आसन्न चुनाव नजिकिएसँगै पाँचथरमा फेरि बम फेला परेको छ । पाँचथर–इलामको सीमाना इम्रिङमा बिहीबार फेरि बम भेटिएको हो । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

सप्तमी बजार नजिकै रहेको इम्रिङमा बम भेटिएको नेपाली सेनाको भैरवी गण दल फिदिमका गणपति शिवराज पन्तले जानकारी दिएका छन् । उनका अनुसार तुमेवा गाउँपालिकाको मौवा बजारमा राखिएको अस्थायी क्याप्पबाट बम विष्पोजर टोली घटनास्थलमा हिंडेको छ । करीब तीन घण्टाको पैदल दूरीमा रहेको सेनाको टोली घटनास्थल आइपुग्न लागेको जनाइएको छ ।

बम विष्पोज गरेपछि मात्र कस्तो बम राखिएको भन्ने खुल्ने सुरक्षा निकायले जनाएको छ । केही दिनअघि मेची राजमार्गको चतुरे बजारमा बम भेटिएको थियो । त्यसको एक साताअघि फिदिम बजारमा बम भेटिएको थियो । सुरक्षा सतकर्ता अपनाइए पनि बम राख्ने क्रम रोकिएको छैन । निर्वाचन नजिकिएसँग पाँचथरको सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि लगातार जस्तो बम राख्ने क्रम रोकिएको छैन । जसका कारण सर्वसाधरणमा आंक सिर्जना भएको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्