धनकुटामा उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

सहयात्रा टिभी

धनकुटा । धनकुटाको धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापामाथी लक्षित गरी बम विष्फोट भएकोे छ । अज्ञात समूहले आज बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन् । सडकमा बिच्छ्याएको बालटिन बम विस्फोट भएको धनकुटाका प्रहरी प्रमुख राजभण्डारीले जानकारी दिए ।

उद्योग मन्त्री एवं धनकुटाबाट लोकतान्त्रिक गठबन्धनको तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापा चुनावी अभियानका क्रममा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापालाई लक्षित गरेर बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको दाबी छ ।

 

 

 

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्