काँग्रेस कार्यकर्ताको कुटाईबाट वडाअध्यक्षकी श्रीमती घाईते
रुकुम । नेपाली काँग्रेस रुकुमका कार्यकर्ताले रुकुम सानीभेरी गाउँपालिकामा एक महिलालाई कुटपिट गरि गम्भीर घाईते बनाएका छन । गम्भीर घाइते सानीभेरी गाउँपालिका ७ की कल्पना बुढा वडा ७ का वडाअध्यक्ष कुलबहादुर बुढाकी श्रीमती हुन् । बिहिबार सदरमुकाम खंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा आयोजीत चुनावी सभामा सहभागी भएर घर फर्कदै गरेका काग्रेसका भातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी बुढामाथी कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।वडाअध्यक्ष कुलवहादुर वुढामाथि कुटपीट गर्ने उद्धेश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले वुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपीट गरेका हुन ।
गम्भीर घाईते कल्पना अहिले सम्म पनि वेहोस रहेको श्रीमान कुलवहादुर वुढाले बताए । कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिएका छन् ।