आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान

सहयात्रा टिभी

काठमाण्डौं । ‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ शनिबारदेखि देशभर महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

अभियानका अवसरमा देशका विभिन्न जिल्लामा कार्यक्रमहरु आयोजना भइरहेका छन् । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामुलक कार्यक्रम हुने गरेका छन् । महिला हिंसाविरुद्धका कार्यक्रम भइरहे पनि हिंसाका घटना भने अझै घट्न सकिरहेका छैनन् ।

महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटना दैनिकजसो सार्वजनिक भरहेका छन् । तर पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको महिला अधिकारकर्मीहरुको भनाई छ । महिला हिंसाको समस्या महिलाको मात्र समस्या नभएकाले यसको अन्त्यका लागि पुरुषहरुले समेत भूमिका निर्वाह गर्नुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्