महिलामाथि दुव्र्यवहार गरेको आरोपमा मतदान अधिकृत पक्राउ

सहयात्रा टिभी

दार्चुला । एक महिलामाथि दुव्र्यवहार गरेको आरोपमा दार्चुलाका एक सहायक मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
दार्चुलाको व्याँस गाउँपालिका–३ मा रहेको सिद्ध मावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवम् गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिद्ध मावि सिनाको मतदान केन्द्रमा खटिएका विष्टले राति बास बसेको ठाउँमा महिलामाथि दुर्बब्यहार गरेको भन्दै स्थानीयले उजुरी दिएपछि बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पीडित पक्ष नआएकाले दिएको निवेदनमा आधारमा सहायक मतदान अधिकृत विष्टलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक लालबहादुर साउदले बताएका छन् । निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा कर्मचारी व्यवस्थान गरीसकेको दार्चुला जिल्लाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश राजेन्द्र नेपालले बताए ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्