केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेसीलाई ‘गोल्डेन बुट’

सहयात्रा टिभी

बार्सिलोनाका लियोनल मेसीले चौंथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । सन् २०१६(१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन् । जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो ।

मेसीलाई बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरेका थिए । सुवारेजले पनि २०१५–१६ को सिजनमा उक्त अवार्ड पाएका थिए । मेसी आफ्नी श्रीमती एन्टोनेला राकुजा र छोरा थियागोसँगै अवार्ड समारोहमा पुगेका थिए । मेसीले चौथो पटक उक्त अवार्ड जित्ने क्रममा डच फरवार्ड बास डोस्टलाई पछि पारे। डोस्टले पोर्चुगलको स्पोर्टिङ लिस्वनबाट खेल्दै ३४ गोल गरेका थिए । यसअघि मेसीले २००९–१०, २०११–१२ र २०१२–१३ को सिजनमा उक्त अवार्ड जितेका थिए ।

यससँगै मेसीले सर्वाधिक ४ पटक गोल्डेन बुट जित्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् । मेसीले गत सिजन स्पानिस लिगमा ३७ गोल गरेका थए भने सबैखाले प्रतियोगितामा गरेर बार्साका लागि ५४ गोल गरेका थिए । युरोपियन स्पोर्ट्स मिडियाले यस अवार्ड प्रदान गर्दै आइरहेको छ । यस सिजन पनि मसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेसीले सबैखाले प्रतियोगिता गरी १६ खेलमा १२ गोल गरेका छन् ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्