केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्षको अपहरण

सहयात्रा टिभी

जाजरकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले जाजरकोटका एक गाउँपालिकाका वडाध्यक्षको अपहरण गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–१ का वडाअध्यक्ष गोपालबहादुर नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति वडा कार्यालय नजिकैबाट नेकपाका ६÷७ जना कार्यकर्ताले नेपालीलाई जबरजस्ती लिएरगएको उनका भाइ प्रमोद नेपालीले बताएका छन् । निर्वाचनको तयारीबारे छलफल गरिरहेको अवस्थामा विप्लवका कार्यकर्ताले अपहरण गरेर लगेको उनले जानकारी दिएका छन् । आफूले प्रतिकार गर्दा पनि दाजुलाई छुटाउन नसकेको उनले बताएका छन् ।

नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई अपहरण गरेको स्वीकारेका छन् । निर्वाचनलाई बहिष्कार गर्ने उद्देश्यले नेपालीलाई अपरण गरेको जैसीले बताए । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा चुनिएका थिए । नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी वडा अध्यक्ष नेपालीको खोजीका लागि टालेगाउँतर्फ हिंडिसकेको जाजरकोटका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताएका छन् ।

 

जततउस्ररदष्त.थिरद्दब्द्धएल्ःज

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्