मतदानस्थलमै बम विष्फोट

सहयात्रा टिभी

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाको एक मतदान केन्द्रमा शनिबार बम विष्फोट भएको छ । यद्यपि मानवीय क्षति भने भएको छैन । भानु जनमाविस्थित मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विष्फोट भएको हो ।

मतदानका लागि लाइन बस्दा बनाइने बाँस गाड्ने क्रममा बम विष्फोट भएको जनाइएको छ । ठूलो आवाजसहित बम फिष्फोट हुँदै नजिकै कर्मचारीहरु मतदाता परिचय पत्र वितरण गरिरहेका थिए ।

अहिले घटनास्थललाई प्रहरीले घेरा हालेर अनुसन्धान थालेको छ । मतदानको मुखैमा भएको बम विष्फोटनले सर्वसाधरणमा भय बढाएको छ । मतदान कार्यमा खटिएका कर्मचारीहरुले सुरक्षाको वातावरण नभएसम्म काम गर्न नसकिने बताएका छन् ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्