लागूऔषधसहित काठमाण्डौंबाट दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको कागेश्वरी मनहराबाट दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली घर भएका विनोदलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ३८६ थान एम्पुल लागूऔषध बरामद गरेको छ । त्यसैगरी, प्रहरीले झापा गौरादहका प्रदीप बराईलीलाई २७३ थान एम्पुलसहित तार्केश्वरबाट पक्राउ गरेको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्