केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नौ हजार मतदाता निर्णायक !

सहयात्रा टिभी

बुटवल । भगवान गौतम वुद्धको जन्मस्थल लुम्बिनी रहेको बुटवल यसै पनि सधैं चर्चाको शिखरमा छ । आसन्न चुनावका कारण अहिले बुटवलले फेरि अलि फरक चर्चा पाइरहेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका कारण बुटवलको राजनीतिक माहौल तातिंदै गईरहेको छ । रजनीतिक दलका उम्मेद्वारलाई पनि चुनावी नतिजा आफूतिर पार्ने चटारो छ ।

यसअघि पाँच निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा अहिले तीन निर्वाचन क्षेत्र कात्र छ । स्थानीय निकाय निर्वाचनपछि जिल्लामा २५ हजार मतदाता थपिएका छन् । सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर १ मा थपिएका छन् । यस क्षेत्रमा पूर्व राजदूत दीपकुमार उपाध्याय पनि चुनावी मैदानमा उत्रेका छन् ।

उपाध्यायकै कारण पनि अहिले बुटवलको राजनीतिक जोड–घटाऊमा धेरैको नजर परिरहेको छ । तीनै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । मधेसवादी दलका बलियो खम्बा मानिएका वृजेश गुप्ता, ईश्वर दयाल मिश्रा वाम गठबन्धनमा र हालै फोरम परित्याग गरी कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप साहका कारण कडा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । राजपा र फोरमका ठूला नेता कांग्रेस एमाले प्रवेश गरेपछि विगतमा कपिलवस्तु कब्जा गरेका मधेसवादी दलको अवस्था केहि खस्किए पनि प्रतिनिधिसभामा क्षेत्र नम्बर १ र ३ मा भने उसले पनि कडा टक्कर दिने देखिन्छ ।

जिल्लामा कूल ३ लाख ११ हजार ७ सय ६२ मतदाता छन् भने ४ सय १० केन्द्र २ सय ३३ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । पूर्व राजदूत दीपकुमार उपाध्यायाको चुनावी जीतको सम्भावनालाई हेदा भर्खरै बुटवलमा थपिएका नौ हजार मतदाता निर्णायक बन्न सक्ने यहाँका राजनीतिक क्षेत्रका जानकार बताउँछन् ।

 

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्