केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखाको एक मतदान केन्द्रमा तनाव, बुथ सुरक्षाका लागि थप सुरक्षाकर्मी मागियो

सहयात्रा टिभी

दोलखा । दोलखामा आज जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एक बुथ कब्जाको प्रयास भएको छ । दोलखाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जाकोप्रयास भएपछि तनाव भएको छ ।

मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षाकर्मी मगाइएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीबाट ढुङ्गा प्रहार गरिरहेकाले थप सुरक्षा माग गरिएको जनाइएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वमा बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव शुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्