केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्ना प्रतिनिधि छान्दै ३१ लाख ९१ हजार ९४५ मतदाता

सहयात्रा टिभी

काठमाण्डौं । आज जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट देशका ३२ जिल्लाका ३१ लाख ९१ हजार ९४५ मतदाताले आफ्नो प्रतिनिधि छान्दै छन् । ३२ जिल्लाका यी मतदाता आफ्नो प्रतिनिधि छान्नका लागि आइतबार विहानैदेखि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।

आइतबार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा सर्वसाधरणको उत्साहपूर्ण सहमागिता रहेको विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । संघीय संरचना अनुसार पहिलो पटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भएको हो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार मुगु जिल्लामा सवैभन्दा बढी संख्यामा मतदाताहरु मतदान केन्द्रमा उपस्थित भई मतदानमा सरिक भइरहेका छन् ।

पहिलो चरणमा प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुङ्गा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन हुँदैछ । त्यस्तै प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा तथा प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पामा चुनाव हुदैछ ।

त्यसैगरी प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका गरी जम्मा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्