केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर निष्काशनका लागि ‘अपर माई’ लाई अनुमति

सहयात्रा टिभी

इलाम । इलामको माबुस्थित अप्परमाई हाइड्रोपावलरले शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयका लागि शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजनाका प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो । एक सय अंकित ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । शेयर निष्काशन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डले स्वीकृति दिएको हो ।

बोर्डको स्वीकृतिसँगै शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटलले सूचना जारी गरेर शेयर बिक्री खुलेको जानकारी गराउने प्रधानले बताए । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ । यहाँबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणको लाइनमा जडान भइसकेको छ ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्