केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिला मात्रैले गराए मतदान

सहयात्रा टिभी

पाँचथर । महिलाहरुले आफूहरु अवसर अभावमा मात्र नेतृत्वदायी भूमिकामा देखिन नपाएको गुनासो गरिरहेका बेला पाँचथरस्थित एक मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला एक्कलैले सम्हालिरहेका छन् । पाँचथरा सदरमुकाम फिदिम–३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै छन् । त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मी विनै आइतबार शान्ति पूर्णरुपमा मतदान भइरहेको छ । मतदाताहरु भने महिला र पुरुष दुबै छन् ।

पाँचथरको यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ । प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु पनि महिला नै छन् । नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताएका छन् । १ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथरमा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको हो ।

ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ । जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् । त्यस्तै २९ जना महिला सहायक मतदान अधिकृत खटिएका छन् । जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिएका छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्