केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुकुम बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते फेरि चुनाव हुने

सहयात्रा टिभी

रुकुम । रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते फेरि चुनाव हुने भएको छ । नचिनेका मान्छेको समूहले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव सारिएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिए । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।

मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो । मत पेटिकामा आगो लगाएको आशंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागि भने मतदान भइरहेको छ । यहाँ ६ सय ७२ जना मतदाता छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्