केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘हामीले भोट, दियौं, अब हामीलाई विकास देऊ’

सहयात्रा टिभी

बैतडी । बैतडीको सूर्नया गाउँपालिका–५ की १०८ बर्षीया नन्दा लुहारले आइतबार विहानै मतदान गरिन् । गाउँ नजिकैको रौलेश्वर माविबाट मतदान गरेकी नन्दाले पहिलो पटक प्रदेशसभाको लागि र लामो समयपछि प्रतिनिधिसभाको चुनावमा भोट हाल्न पाउँदा निकै खुशी भएको बताइन् ।

जीवनको उत्तराद्र्धमा गाउँको विकास गर्ने खालको मान्छे आउँलान् कि भनेर सबैर मतदान केन्द्रमा आएको उनले बताइन् । उनले भनिन्–‘हामीले नेतालाई भोट दियौं, अब हामीलाई विकास दिनुपर्छ ।’ यो चुनावपछि आफ्नो गाउँले मुहार फेर्ने र बुढ्यौलीमा भए पनि गाउँमा विकासको कामहरु भएको हेर्ने धोको आफूमा रहेको उनलेसुनाइन् । आइतबार मतदान गरेपछि सोही केन्द्रकी अश्मानी बिष्टले पनि अब गाउँको मुहार झलमल्ल हुने आशामा जागेको बताइन् । बैतडीमा ११४ बर्षीया बृद्धादेखि मतदाता नामावलीमा नाम दर्ता भएकाहरुले आइतबार मतदान गरे । बैतडीका १८२ वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान शुरु भएको थियो । मतदान शान्तिपूर्ण रुपमा भएपछि यहाँका मतदाता निकै उत्साहित थिए ।

अब यहाँका नागरिकको एउटै भनाइ छ–हामीलाई हाम्रो ठाउँको बिकास चाहिन्छ । बैतडीको दशरथचन्द नगपालिकाका लक्ष्मी मल्लले पनि भोट हालिन् । उनले अब आफ्नो ठाउँको बिकास हुने आशा राखेकी छ् । यो भन्दा पहिले स्थानीयतहको चुनावमा पनि भोट हालेकी लक्ष्मीले अब बैतडीका दिन फर्कने बताइन् । चुनावको बेला भोट माग्न आएका नेताले अब प्रतिबद्धता जनाएको कुरालाई काम गरेर देखाउनुपर्ने यहाँका नागरिकको भनाई छ । चुनावको बेला सबै दलका राजनीतिक दल आएर बिभिन्न आश्वासन दिएकाले अब बैतडीको बिकास हुने आशामा रहेको बैतडीको सूर्नया गाउँपालिकाकी मञ्जु भट्टले बताइन् । यस अघि पटक–पटक ढाँटिएका नागरिकले यस पटक पाएका आश्वसन भने पूरा हुने आशा राखेका छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्