मुसहर बस्तीमा आगलागी, २५ घर खरानी

सहयात्रा टिभी

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंहस्थित मुसहरी बस्ती आगलागी हुँदा २५ घर जलेर खरानी भएका छन् ।
स्थानीय कालु ऋषिदेवको घरबाट आइतबार बेलुका अचानक आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका ।

आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिएका छन् ।

आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले बताए । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले विभिन्न दलका नेता तथा कार्यकर्ता सो क्षेत्रमा राहत प्रदान गर्न पुगेका छन् । जाडोको समयमा घरवारविहीन बन्नपुग्दा सर्वसाधरणको जनजीवन कष्टप्रद भएको छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्