केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसरी गरिंदैछ मतपेटिकाको सुरक्षा

सहयात्रा टिभी

काठमाण्डौं । ३२ जिल्लामा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आइतबार साँझ ५ बजे मतदान सकिएसँगै मतपेटिका संकलनको काम धमाधम भइरहेको छ ।

सम्भव भएका स्थानबाट आइतबार बेलुका नै मतपेटिका सदरमुकाम ल्याउने काम भएको छ भने अलि टाढाका मतदान केन्द्रहरुबाट आज (सोमबार) विहानैदेखि मतपेटिका संकलनको काम शुरु भएको सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । निर्वाचन सम्पन्न भए पनि मतगणना भने आगामी २१ गतेपछि मात्र शुरु हुने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचन आगामी २१ गते सम्पन्न भएपछि एकैचोटी मतगणना गर्ने आयोगले तयारी गरेको हो । निर्वाचन सम्पन्न भएदेखि ११ दिनसम्म मतपेटिकाको सुरक्षा दिनु निकै चुनौतिपूर्ण देखिन्छ । आयोगले ११ दिनसम्म कसरी मतपेटिकाको सुरक्षा गर्दैछ त ?

मतदान सकिएपछि मतदान अधिकृतले मतपेटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षण शिल लगाएका छन् । त्यसरी बन्द गर्दा उम्मेद्वार र प्रतिनिधिको रोहवर मुचुल्का तयार गरिएको र त्यसमा उम्मेदवार, प्रतिनिधि र उपस्थित अधिकारीको हस्ताक्षरसहितको सही छाप लिइएको जनाइएको छ । प्रयोग नभएका, फिर्ता भएका र मतपेटिका बाहिर रहेका मतपत्रसहित सबै कागजात सुरक्षित गरी खामबन्दी गरेर त्यसमा पनि लाहाछाप लगाइएको छ ।

के कति कागजात रहेको भन्ने उल्लेख गरी अर्को मुचुल्का समेत तयार पारिएको छ । मतपेटिका बन्द गर्दाको मुचुल्का अनुरुप मतपेटिका सुरक्षासहित मतगणनास्थलमा पु¥याउने काम भइरहेको छ । प्रत्येक जिल्लाका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा लगेर राखिने निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले बताएका छन् । मुख्य निर्वाचन कार्यालयसम्म सुरक्षित रुपमा मतपत्र पु¥याउने जिम्मेवारी सुरक्षा निकायलाई दिएको छ ।

मुख्य निर्वाचन कार्यालयमा रहने मतपत्रको सुरक्षाको जिम्मा ११ दिनसम्म सुरक्षा निकायले लिएको छ । क्याम्प नै खडा गरेर २४ सै घण्टा सुरक्षाकर्मी खटिने छन् । केही जिल्लामा मतपेटिकाको निगरानीको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । राजनैतिक दल र प्रतिनिधिहरुको सहमतिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिने छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्