केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुन जिल्लामा कति भयो मतदान ?

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत आइतबारको निर्वाचनमा देशका ३२ जिल्लामा कूल ६५ प्रतिशत मतदान भएको छ ।

स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मतदान भएकोमा प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ८ प्रतिशत कम मत खसेको छ । निर्वाचन आयोगका अनुसार ३२ जिल्लामध्ये बैतडीमा सबैभन्दा धेरै ८० प्रतिशत मत खसेको छ ।

कम मतदान गर्ने जिल्ला रोल्पा भएको छ । रोल्पामा मात्रै ५५ प्रतिशतले मतदान गरेका छन् । अहिले धेरैको चासो ३२ जिल्लाका कति मतदान भयो भन्ने रहेको छ । निर्वाचन आयोगले ती जिल्लाका मतदान प्रतिशत सार्वजनिक समेत गरेको छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्