केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुहारले नै बताउँछ यौन रुची !

सहयात्रा टिभी

के तपाईको यौन क्षमता बलियो छ ? यो यसकारण पनि हुन सक्दछ, किनभने तपाईको अनुहार सानो र चौडा छ । एउटा नयाँ अध्ययनका अनुसार कैजुअल सेक्सका विषयमा तपाईको सोच के छ, यो निकै हदसम्म तपाईको अनुहारको वनावटबाट पत्ता लगाउन सकिन्छ ।

ओन्टारियोमा गरिएको अध्ययन अनुसार फराकिलो वनावटको अनुहार भएका व्यक्ति बढी आक्रामक र सेक्समा बढी रुची राख्ने स्वभावका हुने गर्दछन् । जर्नल अफ अर्काइभ अफ सेक्सुअल बिहेवियरमा प्रकाशित अध्ययन रिपोर्टअनुसार सानो चौडा अनुहार भएका पुरुष र महिलाहरुको सेक्समा रुची उनीहरुभन्दा फरक फिचर्स भएका व्यक्तिमा भन्दा बढी हुने गर्दछ ।

अध्ययनकर्ताहरुले यसको परिणामबाट मानिसको सेक्सुअल रिलेशनसीप र साथी चयन गर्ने विषयमा अनुहारको आकृतिको के भूमिका हुन सक्दछ भन्ने पत्ता लगाउन सहज हुने आशा गरेका छन् । ओन्टारियोको निपिसिंग युनिभर्सिटीका अध्ययन टोली प्रमुख स्टिभेन अर्नोकीका अनुसार–अध्ययन हेरेर भन्न सकिन्छ कि मानिसको यौनप्रतिको रुचीका बारेमा उनीहरुको अनुहारको आकारले धेरै कुरा बताउन सक्छ । अध्ययनमा सहभागीहरुलाई प्रश्नावली दिइएको थियो, जसमा उनीहरुसँग सेक्स ड्राइभ, इन्टरपर्सनल बिहेवियर, सेक्सुअल ओरिएन्टेशन र धोका दिने अवसरका बारेमा प्रश्न सोधिएको थियो ।

उनीहरुबाट सहभागीहरुको कैजुअल सेक्सका बारेमा कति सहज छन् भन्ने कुराको जानकारी पनि मागिएको थियो । यो अध्ययनले यसअघि भएको एउटा अध्ययनलाई पनि पुष्टि गरेको छ, जसमा पाइएको थियो कि अनुहारको लम्बाई, चौडाईको अनुपातबाट मनोवैज्ञानिक र व्यवहारिक गुण झल्कन्छ । अध्ययन टोलीले युवावस्थामा निस्कने हार्मोन लेबलमा फरक हुँदै जाने क्रममा अनुहारको अनुपातमा अन्तरका कारण यसको कारण बताएका छन् । एजेन्सी

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्