केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘स्मार्ट लाइसेन्स’ पर्खदै दुई लाख चालक

सहयात्रा टिभी

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्ससहज रुपमा उपलब्ध गराउन नसक्दा लाइसेन्स लिने प्रक्रिया पूरा गरेका दुई लाख चालक खाली हात बस्नवाध्य छन् ।

चालकहरुले ट्रायकल दिएको र नविकरण गरेको १० महिना बित्दा समेत स्मार्ट लाइसेन्स पाउन नसकेको गुनासो गरेका छन् ।
यातायत विभागमा लाइसेन्सका लागि आवश्यक स्मार्ट कार्ड नहुँदा उनीहरु लामोसमयदेखि लाइसेन्स लिनबाट बञ्चित भइरहेका छन् । आफूहरुकोमा अहिले १५ हजार जति स्मार्ट लाइसेन्स छाप्ने कार्ड रहेको विभागले जनाएको छ । दैनिक पाँच हजार सेवाग्राहीले लाइसेन्सको प्रक्रिया पूरा गर्छन् । तर, विभागले दिनमा मुस्किलले पाँच सय वटा कार्ड छाप्छ ।

विभागसँग पर्याप्त कार्ड नभएको र छाप्ने मेशिन पनि गतिलो नहुँदा समस्या भइरहेको एक कर्मचारी बताउँछन्् । कार्ड छाप्ने चारमध्ये तीन वटा मेशिनले मात्रै जेनतेन काम गरिरहेको उनले जानकारी दिए । स्मार्ट लाइसेन्स वितरण शुरु भएको केही समयमै अभाव चर्किएको थियो । नियमित मागअनुसार आपूर्ति गर्न समयमै टेण्डर नगर्दा अहिले दुई लाख सेवाग्राही कार्ड नपाई बसिरहेका छन् ।

ट्रायल उत्तीर्ण गरेको नौ महिना सम्म पनि स्मार्ट लाइसेन्स नपाउँदा रोजगारीको अवसर गुमिरहेको चालकहरु बताउँछन् ।
विभागले देशभरका कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण थालेको छ । ती सबैको छपाइ भने काठमाडौं मीनभवनस्थित केन्द्रीय कार्यालयमै हुन्छ ।

क्षमता विस्तार नगर्दा नयाँ लाइसेन्स लिने र पूरानो नवीकरण गर्नेहरुलाई विभागले ‘६ महिनापछि लिन आउनु’ भन्ने गरेको छ । तर, ६ महिनामा आउने सेवाग्राहीलाई थप तीन महिनाको भाका सार्ने गरिएको विभागका अधिकारी स्वयम् बताउँछन् । विभागका महानिर्देशक रुपनारायण भट्टराई भने एकै पटक सात लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का लागेकाले अभाव विस्तारै साम्य हुने बताउँछन् । उनले केही हप्तामा नै थप एक लाख कार्ड एडीबीको सहयोगमा आइपुग्ने अवस्थामा रहेको बताए । अब अर्को चरणमा लागि १५ लाखदेखि २० लाख कार्ड एकै पटक छाप्ने गरी टेण्डर गरिने विभागले जनाएको छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्