केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वाम गठबन्धन अधिनायकवादको अभ्यास–प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

तेह«थुम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनको नाममा देशमा अधिनायकवादको अभ्यास भइरहेको आरोप लगाएका छन् ।

तेह«थुमको म्याङ्गलुङ्गमा सोमबार आयोजित चुनावीसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि देशमा चुनाव नै नहुने दावी गरे । यो चुनाव ‘संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत संग्रह’ नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए । उनल लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार

राखेर आन्दोलन गर्न पाउने अधिकार हुने, तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रुपमा हिंडडुल गर्न समेत समेत गर्न नपाउने बताए । देउवाले कांग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिष्टहरुले जनतालाई सधै डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाए । उनले कांग्रेस २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिष्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्युँताउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्