तारा एयरको विमान दुर्घटना, पाइलट घाइते

सहयात्रा टिभी

हुम्ला । तारा एयरको एक विमान हुम्लामा दुर्घटना हुँदा विमानका चालकसहित केहि व्यक्ति घाइते भएका छन् । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको हुम्लाका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।

घटनामा ४–५ जना गम्भिर घाइते भएको उनले बताए । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौं । उद्धारको प्रयास भइरहेको छ’–प्रनाउ नेपालले भने । उनले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको बताएका छन् । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्