केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तारा एयर दुर्घटनामा १६ घाइते, उद्धारका लागि हवाइजहाज जाँदै (अपडेट)

सहयात्रा टिभी

हुम्ला । हुम्लास्थित सिमकोटमा भएको तारा एयरको विमान दुर्घटनामा १६ जना घाइते भएका छन् । विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा, को–पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् ।

उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य ११ यात्री भने सामान्य घाइते छन् । उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ‘घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको जनाइएको छ ।

हुम्ला विमानस्थलबाट सुर्खेत उड्नका लागि रनवेमा कुदिरहेको जहाजको पांग्र्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ ‘हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान दुर्घटनामा परेको हो’–प्रदेश–६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले भने । जहाजमा चुनावमा सुरक्षाका लागि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लदै थिए ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्