केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२६ जिल्लाको मतपेटिका संकलन सकियो, ६ जिल्लाको संकलन हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले २६ जिल्लाको मतपेटिका संकलन कार्य सकिएको जनाएको छ । पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतको यी मतपेटिका सदरमुकाम ल्याईसकिएको हो । बाँकी ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार २ हजार ९१७ मतदान स्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ गरी ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेको छ । ६ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाइमार्गबाट सदरमुकाम ल्याउने काम भइरहेको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्