नेम्वाङ–थापा कसको पल्ला भारी ?

सहयात्रा टिभी

इलाम । कृषि उद्यममा अगाडि इलामको चर्चा यसैमा मात्र सीमित छैन । नेपाली राजनीतिमा इलामको चर्चा विशेष रुपमा हुने गरेको छ ।
देशकै नेतृत्व गरिसकेका एमालेका झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ र कुलबहादुर गुरुङका कारण पनि इलामको चर्चा राजनीति वृत्तमा हुने गरेको ।

मंसिर २१ गतेको प्रतिनिधि तथा प्रदेशसभाको चुनावी रन्को लागिसकेको इलाममा अहिले उम्मेद्वारहरुको चुनावी गतिविधि र जीत–हारको अंक गणित पनि शुरु भइसकेको छ । इलामका ३ निर्वाचन क्षेत्रमध्ये २ नम्बर निर्वाचन क्षेत्रमा धेरैको नजर परेको छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले उम्मेद्वारी दिएको क्षेत्र भएका कारण पनि २ नम्बर क्षेत्र धेरैको इलामको २ नम्बर क्षेत्रमा पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ र पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री तथा नेपाली कांग्रेस इलामका सभापति केशव थापाबीच दोस्रो पटक चुनावी प्रतिष्पर्धा हुँदैछ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच यस पटकको निर्वाचनमा गठबन्धन रहे पनि अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै प्रतिष्पर्धा भएको थियो । अहिले वामगठबन्धनबाट सुवासचन्द्र नेम्वाङ र लोकतान्त्रिक गठबन्धनबाट केशव थापाले उम्मेद्वारी दिएका छन् । अहिले दुबै नेता आ–आफ्ना मतदाता रिझाउन लागिरहेका छन् । उनीहरु दुबैले जिल्लाको कृषि, पर्यटन, सडक पूर्वाधारलगायतका मुद्दालाई चुनावी एजेण्डाका रुपमा उठाएका छन् ।

नरम तर चोटिलो वाकपटुता भएका एमालेका उम्मेद्वार नेम्वाङ आफूले संविधान निर्माणका बेला खेलेको भूमिकाका कारण पनि नागरिकको मत आफूलाई आउने दावी गरिरहेका छन् । उनले जिल्लाको विकासका लागि आफू जहिले पनि क्रियाशिल रहेको बताउने नेम्वाङ अबको नयाँ संविधानले भौतिक, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासलाई चुलीमा पु¥याउँने भन्दै आफू वाम गठबन्धनको नेतृत्वको खम्बा रहेको बताइरहेका छन् ।

यता नेपाली कांग्रेसका उम्मेद्वार केशव थापा आफ्नो उम्मेद्वारी इलामकै विकासका लागि भएकोदावी गर्छन् । थापा यसअघिको चुनावमा दुई पटक विजयी भइसकेका छन् । उनले भने–‘म नामले होइन कामले हेवीवेट हुन चाहन्छु । मैले इलामका धेरै दुर्गम गाउँहरुलाई विकास गर्न आर्थिक, भौतिक सहयोग गरेको छु । मलाई नागरिकको साथ छ ।’

२०५६ सालको प्रतिनिधिसभा सदस्य चुनावमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेद्वार थिए भने थापा क्षेत्र नं ३ बाट उम्मेद्वार थिए । २०५६ मा नेम्वाङले क्षेत्र नं. २ बाट कांग्रेस नेता कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । २०७० सालको चुनावमा भने थापाले जिल्लाको क्षेत्र नं. ३ बाट एमालेका टेकबहादुर राईलाई पराजित गर्दै विजयी बनेका थिए २०७० सालमा इलाम क्षेत्र नं ३ बाट थापा फेरि विजयी बनेका थिए । यस क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट युुवा नेता दीपककुमार योङहाङ्ग उम्मेद्वार छन् । इलाम–२ मा जनजाति मतदाताको बसोबास बढी छ । स्थानीय चुनावमा १÷१ वटा वडामा मञ्चले प्यानलसहित विजय हासिल गरेको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्