केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयल निगम प्रकरणमा अख्तियार, एक सय ८० लाई लियो बयान

सहयात्रा टिभी

काठमाण्डौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ८० भन्दा बढीसँग बयान लिएको छ ।

निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेण्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको अख्तियार स्रोतले जनाएको छ । हालसम्म करीब १५० जग्गाधनीसँग बयान लिइसकेको उसले जनाएको छ । जग्गा खरिद प्रकरणमा ठूलो अनियमितता भएको आवाज उठेपछि करीब डेढ महिनाअघि अख्तियारको टोलीले जग्गा खरिद गरिएका झापा, सर्लाही, चितवन र रुपन्देहीका सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । त्यस्तै, जग्गा खरिदमा संलग्न अन्य एजेण्ट, सरकारी कर्मचारीलगायतसँग पनि वयान चलिरहेको जनाइएको छ ।

जग्गाधनी, स्थानीय कर्मचारी, बिचौलियालगायतसँग वयान सकिएपछि निगमका कर्मचारीहरूसँग पनि वयान लिइने स्रोतले बताएको छ । स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको पाइएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्