केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि दुर्लभ पाटेबाघ गणना

सहयात्रा टिभी

काठमाण्डौं । नेपाल–भारत दुबै देशमा आजबाट दुर्लभ पाटेबाघको गणना हुने भएको छ । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करीब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करीब २ सय जनशक्ति खटिने जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

गणनामा बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको भट्टराईले बताए । पाटेबाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षण योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलले बताए ।

यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्ल्ेख छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्याङ्क छ ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्